Kathmandu, 2025-10-16

महिला विरुद्द हुने सबै खालका भेदभाव उन्मुलन सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन लेखनका लागि अपाङ्गता भएका महिलाहरुको भेला ।

Nabaraj Soti
  • Updated 2024-12-21 16:53:03

६ पुष २०८१, काठमाण्डौँ । नबराज सोती । नेत्रहिन महिला संघ नेपालको मुल आयोजना तथा अपाङ्गता अधिकार कोषको सहयोगमा महिला विरुद्द हुने सबै खालका भेदभाव उन्मुलन सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि (CEDAW) को छायाँ प्रतिवेदन लेखनका लागि देशभरिका अपाङ्गता भएका महिलाहरुको भेला राजधानीमा सुरु भएको छ । शनिबार राजधानीमा उद्घाटन कार्यक्रममा सम्धन गर्नुहुदै प्रमुख अतिथि समेत रहनुभएका UN Women नेपालका कार्यक्रम विश्लेषक रचना भट्टराईले (CEDAW) को छायाँ प्रतिवेदन लेखनका सवालमा मुख्य रुपमा श्रोतको समानता र अवसरको समानता गरी दुईवटा विषयमा मुख्य रुपमा ध्यान दिनुपर्ने बताउनुभयो । देशभरिका ७० भन्दा बढि विभिन्न प्रकृति र पहिचान सहितका अपाङ्गता भएका महिलाहरु एकिकृत भएर छलफल मन्थन गरिरहेको देखेर आफूलाई गर्व लागिरहेको बताउनुहुनुदै UN Women नेपालका कार्यक्रम विश्लेषक भट्टराईले महिला विरुद्द हुने सबै खालका भेदभाव उन्मुलन सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि बिना सर्त अनुमोदन गर्ने नेपाल थोरै मुलुकमध्येमा पर्ने गरेको भए पनि अहिले कार्यान्वयनको चरणमा भने त्यति ध्यान नदिदा अझै पनि महिलाहरु विभिन्न सार्वजनिक पदहरुका लागि उपप्रमुखमै सिमित हुनुपरेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अपाङ्गता अधिकार कोषका नेपाल अधिकृत कृष्ण गहतराजले अपाङ्गताको समस्यालाई गाम्भिर्यतासँगसँगै पहिचानका दृष्टिले पनि हेर्नपर्ने आवश्यकता रहेको बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिहरु अझ त्यसमा महिलाहरु शारीरिक गाम्भिर्यतासँगै दलित जनजाती मुस्लिम थारु आदी भएकै कारणले थप विभेदको सामना गरिरहेको अवस्था छ । यसर्थ यस कार्यशालाले यस्ता गम्भिर विषयमा पनि महत्तवपूर्ण छलफल गर्नेछ भन्ने विश्वास राखेको छु” कोषका नेपाल अधिकृत गहतराजले भन्नुभयो । मुल आयोजक सस्था नेत्रहिन महिला संघ नेपालका अध्यक्ष सिता सुवेदीका अनुसार उक्त भेला ४ दिनसम्म चल्नेछ । सुवेदीका अनुसार दुई दिन सहभागि व्यक्तिहरुको क्षमता विकास गरिनेछ भने बाकि दुई दिन महिला विरुद्द हुने सबै खालका भेदभाव उन्मुलन सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन लेखन गरिनेछ । पहिचान नेपाल, अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल, दलित अपाङ्गता भएका व्यक्तिहरुको संस्था - नेपाल (डिडान), महिलावादी दलित संगठन (फेडो), एक्सेस प्लानेट, राष्ट्रिय जनजाती अपाङ्ग महिला संघ नेपालहरुको साझेदारी रहेको भेलामा कोशि प्रदेश बाहेक भेलामा बाकि ६ वटा प्रदेशका विभिन्न संघ सस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

Share News


Name *
Comments *
COMMENTS