Kathmandu, 2025-10-16

पहुँयुक्तताको कार्यान्वयनमा राज्य उदासिन, प्रयोगकर्तामैत्री सेवामा जोड दिन सरोकारवालाहरुको आग्रह ।

Nabaraj Soti
  • Updated 2024-08-23 16:01:21

७ भदौ २०८१, काठमाण्डौँ । नबराज सोती । पहुँचयुक्त सार्वजनिक सेवाहरु उपलब्ध नहुँदा अपाङ्गता भएका व्यक्तिले दोस्रो दर्जाको जस्तो जीवन बिताउन परिरहेको गुनासो गरेका छन् । राजधानीमा आयोजित अपाङ्गता अधिकार कोषको सहयोग, नेपाली वास्तुविद् समाजको समन्वय एवम् मेरुदण्डीय पक्षघात समूह नेपालको आयोजनामा पहुँयुक्तताको विश्वव्यापी मापदण्डहरु बारे सरोकारवालाहरु बिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवाला अपाङ्गता भएका व्यक्तिहरुले मानवमैत्री सडक यातायात फुटपाथ बैँकिङ सस्था विद्यालय अस्पताल लगायतका आधारभूत आवश्यकतामा समेत पहुँच पुग्न नस्का कष्टकर जीवन जिउन बाध्य रहेको गुनासो गरेका हुन् । मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकालले राज्यले पहुँचयुक्तताको सवालमा विभिन्न व्यवस्थाहरु गरेको भए पनि कार्यान्वयनमा भने निकै उदासिनता देखाउदा मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुले सास्ती भोगिरहेको बताउनुभयो । “हामी पढ्छौँ भन्दा विद्यालयका संरचना हामी मैत्री छैनन् । कतै जाउ भने यातायातमा हाम्रो पहुँच कल्पना बाहिर छ । बैँक गयौ भने बाटोमा कसैलाई कुरेर विश्वासका भरमा कारोबार गर्नुपर्दछ अनि हामीलाई राज्यले दोस्रो दर्जाको नागरिक रुपमा नहेरेको कसरी नभनौँ । यो भन्न कसलाई रहर लाग्छ तर आजको तितो यथार्थ त यहि हो नि” अध्यक्ष ढकालले बताउनुभयो । कार्यक्रममा सस्थागत परिचय राख्दै मेरुदण्डीय पक्षघात समूह नेपालका महासचिव केशव थापाले पहुँयुक्तताको विषयमा कुरा गरिरहदाँ अपाङ्गता भएका व्यक्तिहरुलाई मात्र हेर्न नहुँने जिकिर गर्नुभयो । “हामी सबैको घरमा आमा बुवा हुन्छन् बालबच्चा हुन्छन । व्यक्तिको उमेर बढ्दै गएपछि न्युन दृष्टि हुने सम्भावना उत्तिकै हुन्छ भने अन्य शारीरिक अवस्था पनि कमजोर हुँदै जान्छ । गर्वपतिलाई अस्पताल लग्नै पर्छ । पहुँचयुक्तताको विषय हामी सबै मानवका लागि उत्तिकै आवश्यक छ नि तर हामी अपाङ्गता भएका व्यक्तिहरुलाई मात्र हेरेर त्यसको कार्यान्वयमा फितलो भएको जस्तो देख्छौँ । महासचिव थापाले बताउनुभयो । उहाँका अनुसार मेरुदण्डीय पक्षघात समूह नेपालले पहुँचयुक्तताको विषयलाई लिएर विभिन्न समयमा वकालत पैरवीका साथै मैत्री नभएका पुटपाथहरु भत्काएर मानव मैत्री बनाउने काम पनि गर्दै आएको बताउनुभयो । कार्यक्रममा डिजाइन सेलका निर्देशक वास्तुकार अरुन देव पन्त र थापाथली क्याम्पसका IOE वास्तुकार बिमला तुलाधरले पहुँयुक्तताको विश्वव्यापी मापदण्डहरु बारे प्रस्तुतीकरण गर्नुभएको थियो । आफ्नो प्रस्तुतीकरणको क्रममा वास्तुकार अरुन देव पन्तले नेपाल सुहाउदो पहुँयुक्तताको मापदण्ड लागु गराउन जोड दिनुभयो । “हामी अमेरिका युरोप जापानको तरिकाले पहुँयुक्तताको विषयमा जानु भन्दा पहिले अहिलेको आधारभूत आवश्यकता परिपूर्ति गर्ने किसिमले जानुपर्दछ । कमसेकम मानव भइसकेपछि उसको लागि आवश्यक मोबिलिटिको न्युनतम् आधार त तय गरिदिनुपर्यो नि” वास्तुकार पन्तले बताउनुभयो । त्यस्तै अर्का प्रस्तुतकर्ता वास्तुकार तुलाधरले सरकारी निकायका पनि संघिय मन्त्रालयकै स्थिति पनि पहुँचयुक्तताको दृष्टिले निकै दयनिय रहेको बताउनुभयो । ऐन कानुनले स्पष्ट व्यवस्था हुने तर कार्यान्वयनको चरणमा हेर्दा चाहि प्रयोगकर्तामैत्री नहुँने परम्पराको अन्त्य गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाली वास्तुविद् समाजका उपाध्यक्ष भुवनेस्वरी पराजुलीले पहुँचयुक्तताको सवालमा समाजले विभिन्न समयमा अपाङ्गता क्षेत्रमा कार्यरत संघ सस्थाहरुसँग मिलेर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा सहभागि एक दृष्टिबिहिन महिलाले बाटोमा निस्किदा खाल्डाखुल्डिमा परेर घाइते पो हुनुपर्ने हो कि जस्ता पिरहर बोकेर निस्किरहनुपरेको गुनासो पोख्नुभयो । कार्यक्रममा सरोकारवाला अपाङ्गता क्षेत्रका विभिन्न संघसस्थाहरुका प्रतिनिधिहरु र संघिय देखि स्थानिय तह साथै नीजि क्षेत्रमा कार्यरत वास्तुकारहरु, ठेकेदारहरू र नीति निर्माताहरु सहित सयौँ जनाको सहभागिता रहेको थियो । स्वाबलम्वन जीवन पद्दति केन्द्र काठमाण्डौँ सिआएल काठमाण्डौँ, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ निडवान र मेरुदण्डीय पक्षघात समूह नेपाल साझेदारीमा अपाङ्गता अधिकार कोषको सहयोगमा सन्चालित परियोजना अन्तर्गत उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

Share News


Name *
Comments *
COMMENTS