Kathmandu, 2025-10-16

पारा साइक्लिङ प्रतियोगिता सम्पन्न, एम्पुटी तर्फ लोकराज र होचा/पुड्का तर्फ सागर प्रथम ।

Admin
  • Updated 2024-07-10 04:43:12

२२ असार २०८१, नबराज सोती । पारा तथा विशेष खेलकुद अन्तर्गत पारा साइक्लिङ प्रतियोगिता शनिबार बूढानीलकण्ठमा काठमाण्डौँमा सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा साइक्लिङ संघको व्यवस्थापनमा सम्पन्न उक्त प्रतियोगितामा एम्पुटी तर्फ लोकराज शाही र होचा/पुड्का तर्फ सागर ढकाल प्रथम भएका हुन् । त्यस्तै एम्पुटी तर्फ गोपाल मोक्तान दृतिय र वीरेन्द्र मुसर तृतिय हुन सफल भएका थिए भने होचा/पुड्का तर्फ श्यामकुमार पण्डित क्षेत्री दृतिय र लालबहादुर खत्री तृतिय भएको नेपाल पारा साइक्लिङ संघका महासचिव रमेश लामाले जानकारी दिनुभएको छ । विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष सुर्य कुमारी गुरुङ र आयोजक संघका अध्यक्ष प्रकाश चिलुवाल नगद सहित पुरस्कृत गर्नुभएको थियो । प्रतियोगितामा २ स्पर्धामा ३१ खेलाडी सहभागी थिए । पुरुष/महिला सम्मिलित दुवै स्पर्धामा खेलाडीहरुले ३.५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए । #अपाङ्गताआवाज #आवाजबिहिनहरुकोआवाज #parasports #अपाङ्गताखेलकुद

Share News


Name *
Comments *
COMMENTS