दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मी र महिलातर्फ जावलाखेलले उपाधि जितेका छन् । नेपाल स्पाइनल कर्ड इन्ज्यरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा आज भएको फाइनलमा पुरुषतर्फ विभागीय टोलि नेपाल आर्मीले अर्को विभागीय टिम एपीएफलाई २१–१७ ले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै महिलातर्फ भने जावलाखेलले इस्पाइनल कट इन्ज्यरी नेट्वर्कलाई २६–२१ ले पराजित गर्दै प्रथम स्थान हासिल गरेको प्रतियोगिताका मुख्य रेफ्री प्रेम होनाले जानकारी दिए । त्यसैगरी पुरुषतर्फ इस्पाइनल कट इन्ज्यरी नेट्वर्कलाई तेस्रो भएको थियो भने महिलातर्फ बीआईए तेस्रो हुन सफल भएको थियो । उक्त प्रतियोगिताको विजेता टोली ५० हजार उपविजेता टोलीले ४० र तेस्रो हुने टोलिले ३० हजार रुपैयाँ प्राप्त गरेका थिए । त्यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने अर्थात ‘मोस्ट भ्यालुयबल प्लेअर’ पुरुषतर्फ आर्मीका रामबहादुर तामाङ र महिलातर्फ जावलाखेलका रजनी राई घोषित भएका थिए । यस्तै प्रतियोगिताभर सबैभन्दा बढि स्कोर गर्नेअ र्थात ‘हा स्कोरर’ पुरुषतर्फ आर्मीका रमेश खत्री र महिलातर्फ जावलाखेलका तुलसा मगर भएका थिए । ति चारै जनाले २५/२५ सय रुपैयाँ प्राप्त गर्न सफल भएका थिए । बुधबार भएको प्रतियोगिताको समापन कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यता रहेको थियो । विजेतालाई पुरस्कृत गर्दै सदस्य सचिव घिसिङले ह्विलचियर बास्केटबल खेलाडिहरुको प्रशंशा गर्दै पारा खेलकुदलाई विकास गर्न आफुले गम्भिर रुपमा कार्य गरिरहेको बताउनुभयो । सदस्य सचिव घिसिङले पारा खेलाडिहरुलाई राष्ट्रिय मात्र नभई अन्तररार्ष्ट्रिय स्तरका प्रतियोगितामा पनि सहभागि गराउन आवश्यक रहेको र त्यस्को लागि पारा ओलम्पिक कमिटीहरुको विवादलाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । उक्त विवाद अन्त्यका सदस्य सचिव घिसिङले लागि आगामी हप्ता लिखित पत्र दुबै कमिटीहरुलाई पठाउनेर मिलेर नआए गम्भिर कदम चाल्ने समेत बताउनुभएको थियो । त्यस्तै समापनमा अतिथिको रुपमा रहनुभएका नेपाल बास्केटबल संघ नेबाका अध्यक्ष भीमसिंह गुरुङले नेबाले पनि ह्विलचियर बास्केटबलका लागि कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो । प्रतियोगिता आयोजक सस्था नेपाल स्पाइनल कर्ड इन्ज्यरी खेलकुद संघका अध्यक्ष देवी आचार्यका अनुसार प्रतियोगितालाई गोकर्णेश्वर नगरपालिका, CMB, Plan International लगायतले प्रायोजना गरेका थिए । २८ चैत्र २०८०, नबराज सोती ।