Kathmandu, 2025-10-17

अपाङ्गता भएका व्यक्तिहरु माथि प्रहरीको निर्मम ज्यादति, ७ जना घाइते ।

Admin
  • Updated 2024-05-17 03:18:02

पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक सामुदायिक तथा व्यक्तिगत सहयोगी सेवा सम्बन्धि सरकारसँग भएको सहमती कार्यान्वयनमा नआए पछि आन्दोलनमा उत्रेका अपाङ्गता भएका व्यक्तिलाई प्रहरीले निर्मम दमन गरेको छ। “विगत १६ दिनदेखि अनशनरत तनहुँका दीपक भण्डारीको जीवनरक्षा सहित उनले उठाएका मागहरुको कार्यान्वयनका लागि आवाज उठाउदा हामीलाई पक्रिने देखि हातपातसम्म भयो” सडक आन्दोलन समिति संयोजक विकास थापाले बताए । पक्राउ पर्नेमा विकास थापा, भोजराज श्रेष्ठ, सुगम भट्टराई, पर्वतराज विष्ट, कृतन दुवाल, वासुदेव यादव, गोपाल मोक्तान, सीता भण्डारी, गङ्गा राई, दानबहादुर थिङ, शर्मिला विश्वकर्मा (पत्रकार), रमेश खड्का, लक्ष्मी बस्नेत, राजेन्द्र महर्जन, बेग लामा, लक्ष्मण मगर, बिनिता रेग्मी, बिरु श्रेष्ठ लगायत छन् । ति मध्ये ७ जना घाइते भएका छन् । घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते मध्य एक बहिरा अपाङ्गता भएका व्यक्ति रमेश खड्काको मेरुदण्डमा प्रहरी लठ्ठिका डामहरु छन् अन्यको अवस्था बाहिर देखिने चोट नभएपनि एकस्रेका कामहरु भइरहेका छन् । अति अशक्त अपाङ्गता व्यक्ति प्रेम बुढाथोकीलाई व्हीलचियरमै उचालेर भुईमा थचारेको र प्रहरीको बुटले हानेको बुढाथोकीले बताए । प्रहरीको ज्यादती भएको खबर पाएपछि मानव अधिकार आयोगका अधिकृत कल्पना नेपाल आचार्य सहितको टोलि आन्दोलन स्थलमै पुग्नुभएको थियो । मानव अधिकृत आचार्यका अनुसार प्रहरीको दमन बारे रिपोर्ट सार्वजनिक गरिने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिसँग भएको सम्झौता कार्यान्वयन गराउन रत्नपार्कदेखि भृकुटीमण्डपसम्म निकालिएको प्रदर्शनमा प्रहरीले धरपकड गरेको हो । “प्रहरीले गृह मन्त्रालयको आदेशमा हामीलाई दमन गर्ने काम गरियो गृहमन्त्री ज्यू ले माफि माग्नुपर्ने अन्यथा राजिनामा दिनुपर्छ” राष्ट्रिय लोकतान्त्रिक अपांग संघका निवर्तमान अध्यक्ष भोजराज श्रेष्ठले बताउनुभयो । आन्दोलनमा सहभागी श्रवणदृष्टिबिहन अभिभावक समाज नेपालका अध्यक्षले प्रहरीबाट गोलि नै प्रहार भए पनि आन्दोलन नरोकिने र थप शसक्त बनाउदै जाने बताउनुभयो ।

Tags :

Share News


Name *
Comments *
COMMENTS