२०८२ चैत्र १३ गते काठमाडौँ संगिता काफ्ले स्पाइनल इन्जरी सङ्घ नेपालको आयोजना तथा मिराल वेलफियर र कोईका को सहयोगमा मा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राविधिक शिक्षा र रोजगारीमा समावेश गर्न राष्ट्रिय परामर्श कार्यशाला २०२६ सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मी घिमिरे ले अपाङ्गता भएका व्यक्तिहरू अर्थतन्त्रका संवाहकहरू हुन् । अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिमा जोड्न आवश्यक रहेको बताउनु भयो । विशिष्ट अतिथिका रूपमा रहनु भएका बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहाल ले अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई स्थानीय सरकारले चासो दिन आवश्यक रहेको बताइएको छ । कार्यक्रममा मिराल वेलफेयर का परियोजना व्यवस्थापक Changhee Pailk ले नेपालका अपाङ्गता भएका व्यक्तिहरूलाई तालिम र रोजगारीमा सहभागी गराउनको लागी कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । स्पाइनल इन्जरी सङ्घ नेपालका कार्यकारी निर्देशक इशा थापा ले अपाङ्गता भएका व्यक्तिहरूको समस्याहरूलाई नीति निर्माण तहसम्म पुर्याउनको लागि यस्ता कार्यक्रमहरू को आयोजना हुन आवश्यक रहेको औँल्याउनुभयो । कार्यशाला मा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।