२०८२ चैत्र ८ गते काठमाडौँ संगिता काफ्ले राष्ट्रिय अपाङ्ग महिला समाज नेपाल को आयोजना तथा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय भैंसेपाटी ललितपुरको आर्थिक सहयोगमा स्पाइनल कर्ड इन्जरी भएका महिलाहरूका लागि १ दिने दिशा पिसाब व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रका नर्सिङ सुपरभाइजर मन्दिरा बानियाले स्पाइनल कर्ड इन्जरी भएका अपाङ्गता भएका व्यक्तिहरूले दिशा पिसाब व्यवस्थापन गर्ने को लागि के उपायहरू अपनाउन सकिन्छ साथै सी आइ सी पाइप लाई कसरी प्रयोग गर्न , सुप्रा प्युविक क्याथेटर के हो यसका फाइदा बेफाइदा का बारेका बताउनु भएको थियो । उक्त काठमाडौँ महानगरपालिकाका वडा नं ९ का जनप्रतिनिधि रचना सुनामले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा वडा ले गरेका कार्यहरूबारे बताउनु भयो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महिला समाजका अध्यक्ष देवी आचार्यले स्पाइनल कर्ड इन्जरी अपाङ्गता भएका महिलाहरूका स्वास्थ्य सम्बन्धी समस्याहरू कठिन भएको ले उक्त कठिनाईहरुलाई सहज बनाउन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा अति र पूर्ण असक्त अपाङ्गता भएका महिलाहरू र उहाँहरूका सहयोगीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा स्पाइनल कर्ड इन्जरी अपाङ्गता भएका व्यक्तिहरूलाई सी आइ सी पाइप डाइपर समेत प्रदान गरिएको थियो ।