Kathmandu, 2026-04-16

स्पाइनल कर्ड इन्जरी भएका तथा अति अशक्त अपाङ्गता भएका महिलाहरूका लागि उद्यमशीलता विकाश सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

Admin
  • Updated 2026-03-24 10:26:45

२०८२ चैत्र ७ गते काठमाडौँ संगिता काफ्ले राष्ट्रिय अपाङ्ग महिला समाज नेपाल को आयोजना तथा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय भैंसेपाटी ललितपुरको आर्थिक सहयोगमा स्पाइनल कर्ड इन्जरी भएका तथा अति अशक्त अपाङ्गता भएका महिलाहरूका लागि उद्यमशीलता विकाश सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा Seeing Hands Nepal का सञ्चालक चिरञ्जीवी पौडेल ले उद्यमशीलता विकाश अथवा व्यापार व्यवसायमा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले कसरी कार्यहरू गरिरहेका छन्न । ती कार्यहरू गर्न का लागि के कस्तो चुनौती रहेको छ भन्ने सवालमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका अधिकृत भवानी कपाली ले अपाङ्गता भएका व्यक्तिहरूका लागि महानगरपालिकाले गरेका कार्यहरूबारे बताउनु भयो । सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सामाजिक विकास कार्यालयका अधिकृत चन्द्र कुमारी व्यञ्जनकार ले अपाङ्गता भएका व्यक्तिहरूको बजार व्यवस्थापन कसरी गर्ने सकिन्छ भन्ने विषयमा बताउनु भयो । कार्यक्रमको समापन गर्दै राष्ट्रिय अपाङ्ग महिला समाजका अध्यक्ष देवी आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको उद्यमशीलतालाई प्रोत्साहन गर्नको लागी कार्यक्रम आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू सहित स्पाइनल कर्ड इन्जरी भएका तथा अति अशक्त अपाङ्गता भएका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Share News


Name *
Comments *