२०८२ चैत्र ६ गते काठमाडौँ संगिता काफ्ले बहिरा दृष्टिविहीन अभिभावक समाज नेत्रहीन युवा सङ्घ नेपाल अपाङ्गता भएका महिलाहरूको महासङ्घ नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा पहुँचका लागि अपाङ्गता भएका व्यक्तिका संस्थाहरूको क्षमता सुदृढीकरण ( SCOPE for SRHR ) कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बहिरा दृष्टिविहीन अभिभावक समाजका अध्यक्ष लाक्पा नुरु शेर्पाले यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा पहुँचका लागि के कस्ता कार्यहरू गर्न सकिन्छ भन्ने सवालमा बताउनु भयो । उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाका स्वास्थ्य शाखाका मेडिकल अधिकृत ले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य क्षेत्रमा नगरपालिकाले गरेका कार्यहरूबारे बताइएको थियो । कार्यक्रममा नेत्रहीन युवा सङ्घका प्रमुख सल्लाहकार कलाधर भण्डारीले प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिका २०७९ का बारेमा बताउनु भयो । कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधिहरू लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू सहित अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।