Kathmandu, 2026-04-29

प्रजनन स्वास्थ्य अधिकार सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सम्बन्धमा २ दिने अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न  ।

Admin
  • Updated 2026-03-18 08:49:52

२०८२ चैत्र २ र ३ गते काठमाडौँ संगिता काफ्ले नेपाल अपाङ्ग महिला संघङ्घ, महिला कानुन र विकाश मञ्च , र आई पास नेपालको आयोजनामा प्रजनन स्वास्थ्य अधिकार  सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सम्बन्धी  २ दिने छलफल कार्यक्रम कीर्तिपुरमा सम्पन्न  भएको छ । उक्त कार्यक्रममा नेपाल अपाङ्ग महिला सङ्घका अध्यक्ष मिना पौडेल ले अपाङ्गता भएका महिलाहरूको प्रजनन स्वास्थ्य र अधिकारको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।    अधिवक्ता नवीन कुमार श्रेष्ठ ले सुरक्षित गर्भपतनको  कानुनका सवालमा बताउनु भएको  थियो ।  कार्यक्रमलाई सम्बोधन गर्दै आई पास नेपालका का स्वास्थ्य संयोजक  शिप्रा जोशी  ले अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित गर्भपतन  सेवा का बारेमा बताउनु भएको थियो । उक्त कार्यक्रममा आई पास नेपालबाट नेपाल अपाङ्ग महिला सङ्घलाई अपाङ्गता भएका व्यक्तिहरूको लागि  आवश्यक पर्ने  सामग्री जस्तै डाइपर, दृष्टिविहिनहरुले प्रयोग गर्ने  चस्मा र सेतो छडी प्रदान गरिएको थियो ।

Share News


Name *
Comments *