Kathmandu, 2026-04-18

अपाङ्गता भएका व्यक्तिहरुका लागि सात दिने ग्राफिक्स डिजाइन तालिम सम्पन्न ।

Admin
  • Updated 2026-02-16 08:18:07

२०८२ पौष २८ गते काठमाडौँ संगिता काफ्ले  अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवनपद्धति केन्द्र, काठमाडौँ को आयोजना तथा सामाजिक विकास कार्यालय भैंसेपाटी, ललितपुर को सहयोगमा अपाङ्गता  भएका व्यक्तिहरूका लागि सात दिने ग्राफिक्स डिजाइन तालिम सम्पन्न भएको छ ।  उक्त कार्यक्रममा निरुता मगर ले आफूले सिकेको तालिम कार्यस्थलमा प्रयोग गर्ने बताउनु भयो ।  सात दिन सम्म चलेको सो कार्यक्रममा  अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवनपद्धति केन्द्र, काठमाण्डौका महासचिव गणेश के . सी ले ग्राफिक्स डिजाइन तालिम प्रदान गर्नुभएको थियो । अपाङ्गता भएका महिलाहरूको महासङ्घ नेपाल का सामाजिक परीचालिका अम्बिका कुइँकेल ले तालिम अर्थपूर्ण रहेको बताउनु भयो ।   तालिमको सहजिकरण स्वावलम्बन जीवनपद्धति केन्द्र, काठमाण्डौका कार्यक्रम संयोजक कृतन दुवाल श्रेष्ठ ले गर्नुभएको थियो ।  कार्यक्रममा कलेज  पढ्दै गरेका विद्यार्थी  लगायत विभिन्न  संघ संस्थाका अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रम समापनको दिन सम्पूर्ण  सहभागीहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

Share News


Name *
Comments *