Kathmandu, 2026-04-16

अपाङ्गता भएका ब्यक्तिहरुका लागि जिबिकोपार्जन २ दिने तालिम कागेश्वोरी मनोहरा वडा नम्बर ५ मा सम्पन्न भएको छ।

Admin
  • Updated 2026-02-10 15:37:28

अपाङ्गता तथा विकास साझेदार (DDP) यूकेको आर्थिक साझेदारितामा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपाल (FWDN) को आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको समन्वयमा कागेश्वरि मनोहरामा रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई जीविकोपार्जन, सीप बिकास र व्यवसाय योजना तथा व्यवस्थापन एवम उत्प्रेरणा सम्बन्धि दुई दिने अभिमुखीकरण तालिम २०८२/१०/१४- १५ (२०२५ जनवरि २८ - २९) गते कागेश्वरी मनोहरा नगरपालिकाको वडा ५, थलीमा सम्पन्न भएको थियो l उत्त जीविकोपार्जन, सीप तथा व्यवसाय व्यवस्थापन तालिममा अपाङ्गता भएका ब्यक्तिहरुलाई समावेस गरि गठन गरिएका ५ वटा स्वलन्बन समुहका प्रतिनिधि सदस्यहरूको सकृय सहभागिता रहेको थियो l सो तालिमको मुख्य उदेश्य भनेको स्वरोजगार र उद्यमशीलता विकासमार्फत जिबिकोपार्जन, आत्मनिर्भरता र आर्थिक सशक्तीकरणलाई प्रवर्द्धन गर्न ब्यबहारिक ज्ञान र सिपको आदन प्रदान गर्नु रहेको थियो l कार्यक्रमका प्रमुख अतिथिका रुपमा वडा नं. ५ का वडा अध्यक्ष श्री शंकर पाण्डे, विशेष अतिथि श्री गोमा रोक्का बिसुङ्खे (वडा नं. ५ सदस्य) र श्री आत्माराम पौडेल (वडा नं. ५ सदस्य) रहनु भएको थियो । त्यसैगरी, परियोजनाका सन्चार प्राविधिक साझेदार संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्र (DHRC Nepal) का कार्यकारी निर्देशक श्री जगदीश प्रसाद अधिकारी पनि कार्यक्रममा उपस्थित हुनुभएको थियो । उक्त तालिममा सहजकर्ताका रुपमा अपाङ्गता र लैङिगक समाबेशि अधिकार बिज्ञ एवम FWDN का अध्यक्ष निर्मला धिताल र अपाङ्गता, उधमशिलता एवम ब्यबसाय सन्चालन बिज्ञ रबिन्द्र पन्तले सहजिकरण गर्नु भएको थियो । यस तालिममा सक्रिय भूमिका निभाउनु भएका सबै सहभागी, कागेश्वोरी मनोहरा नगरपालिका वडा ५, नेपाल अपाङ्ग मानव अधिकार केन्द्र, अपाङ्गता तथा विकास साझेदार (DDP) र समर्पित कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ। With financial support from Disability and Development Partners (DDP) UK, and organized by the Federation of Women with Disabilities Nepal (FWDN) in coordination with Kageshwori Manohara Municipality, a two day orientation training on livelihood, skill development, business planning and management, and motivation was conducted for persons with disabilities residing in Kageshwori Manohara. The training was held on 14–15 Magh 2082 (28–29 January 2025) at Ward No. 5, Thali, Kageshwori Manohara Municipality. Representatives from 5 selfhelp groups formed by including persons with disabilities actively participated in the livelihood, skills, and business management training. The main objective of the training was to provide practical knowledge and skills to promote livelihoods, self independance and economic empowerment through self-employment and entrepreneurship development. The chief guest of the program was Mr. Shankar Pandey, Ward Chairperson of Ward No. 5. The special guests included Ms. Goma Rokka Bisungkhe and Mr. Atmaram Paudel, Members of Ward No. 5. Likewise, Mr. Jagadish Prasad Adhikari, Executive Director of the project’s Media technical partner organization, Disability Human Rights Center Nepal (DHRC Nepal), was also present at the program. The training was facilitated by Ms. Nirmala Dhital, a disability and gender inclusion rights expert and chairperson of FWDN, and Mr. Rabindra Pant, an expert in entrepreneurship and business operations. Heartfelt gratitude is extended to all participants who played an active role in the training, facilitators, Kageshwori Manohara Municipality Ward No. 5, Disability Human Rights Center Nepal, Disability and Development Partners (DDP), and the dedicated staff members for their valuable support and contribution. #ddpuk #FWDN #disabilityinclusivelivelihood

Share News


Name *
Comments *