Kathmandu, 2026-03-06

दृष्टिविहीनहरुको मर्यादित तथा सम्मानित जीवनका लागि सहकार्य विषयक अन्तरकृयात्मक गोष्ठी

Admin
  • Updated 2026-01-26 08:20:18

२०८२ माघ ८ | लोकनाथ दाहाल काठमाडौ नेपाल नेत्रहीन संघको ३३औँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो। यस अवसरमा “कोसेली घर” को उद्घाटन गरिएको थियो, जहाँ दृष्टि सम्बन्धि अपांगता र अन्य अपांगता भएका व्यक्तिहरूद्वारा उत्पादित , संकलित सामग्रीहरू तथा विभिन्न अर्गानिक खाद्य, सामग्रीहरूको बिक्री र प्रदर्शनका लागि राखिएका थिए। सोहि अवसरमा संघले सञ्चालन गर्दै आएको तालिमहरु,सहायक सामग्री, उपकरण तथा ब्रेल प्रेसको प्रदर्शनी समेत आयोजना गरिएको थियो। कार्यक्रममा पूर्वाधार बिकास मन्त्रालयका माननीय मन्त्री डा. दिनेश चन्द्र देवकोटा ज्यु प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। सो अवसरमा,“दृष्टिविहीन व्यक्तिहरूको मर्यादित तथा सम्मानित जीवनका लागि सहकार्य” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम समेत सम्पन्न भएको थियो। साथै उक्त कार्यक्रममा२०२५ मा सम्पन्न 1st Women’s T20 World Cup Cricket for the Blind प्रतियोगितामा नेपालको तर्फबाट उपविजेता भएका महिला खेलाडीहरूको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो। त्यस्तै, दोस्रो सत्रमा “अपाङ्गता आन्दोलन: वर्तमान र भविष्य” विषयमा विभिन्न सरोकारवालाहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा अधिकारमुखी अपांगता आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको आदरणीय व्यक्तित्वहरू,अपांगता भएका व्यक्तिहरूद्वारा संचालित संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो भने अन्य संघ–संस्थाबाट पनि आदरणीय व्यक्तित्वहरूको उपस्थिती उल्लेखनीय रहेको थियो ।

Tags :

Share News


Name *
Comments *