सम्मान, स्वतन्त्रता र समावेशीता अपाङ्गता भएका महिलाको शिक्षा, स्वास्थ्य र रोजगारीमा सुनिश्चितता पहिचान नेपालको सातौँ वार्षिक उत्सवको अवसरमा आउँदै गरेको माघ २१ गते अपाङ्गता भएका महिला, एकल महिला, आर्थिक रूपमा न्यून अवस्था भएका सिमान्तकृत समूहका महिला तथा अपाङ्गता भएका महिलाका आश्रित बालबालिकाका लागि सहयोगार्थ सामग्री वितरण कार्यक्रम आयोजना गरिने जानकारी गराइन्छ। यस कार्यक्रम अन्तर्गत दीर्घकालीन रोगका कारण नियमित रूपमा औषधि सेवन गरिरहेका अपाङ्गता भएका महिलाको स्वास्थ्य उपचार सहयोग, रोजगारविहीन तथा स्वरोजगार गर्न चाहने अपाङ्गता भएका महिलाका लागि रोजगारी/स्वरोजगार सहयोग, अपाङ्गता भएका महिला तथा एकल महिलाका आश्रित बालबालिकाका लागि शैक्षिक सामग्री, साथै आर्थिक रूपमा न्यून अवस्था भएका अपाङ्गता, जेन–जि आन्दोलनबाट घाइते तथा सिमान्तकृत समूहका महिलाका लागि खाद्यान्न तथा लत्ताकपडा वितरण गरिनेछ। यस कार्यक्रममा अपाङ्गता भएका महिला, एकल महिला, जेन–जि आन्दोलनका क्रममा घाइते भएका महिला, हालसम्म कुनै संघ–संस्थाबाट सहयोग नपाएका अपाङ्गता भएका महिला तथा आर्थिक अवस्था कमजोर भएका महिला तथा बालबालिका लाई विशेष प्राथमिकता दिइनेछ। माथि उल्लेखित मापदण्डभित्र पर्ने तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूले निवेदन सहित अपाङ्गता परिचयपत्र र सम्बन्धित आवश्यक कागजातहरू समेत संलग्न गरी पहिचान नेपालको इमेल pahichann@gmail.com मा वा ह्वाट्सएप नम्बर ९८४–१६३३८२० मार्फत पठाउन वा प्रत्यक्ष रूपमा पेश गर्न सक्नुहुनेछ। निवेदन दिने अन्तिम मिति माघ १५, २०८२ तोकिएको छ। समयमै निवेदन पेश गरी यस सहयोगार्थ कार्यक्रमको लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गरिन्छ।