Kathmandu, 2026-03-06

बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपालको १४ औँ वार्षिक साधारण सभा सम्पन्न।

Lok Nath Dahal
  • Updated 2026-01-13 07:32:31

२०८२ पौष २७ गते काठमाण्डौं । लोकनाथ दाहाल बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपालको १४ औँ वार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले पानसमा दीप प्रज्वलन गरी गर्नु भएको थियो भने संस्थाका महासचिव टिकाराम सापकोटाले संस्थाको आर्थिक र वार्षिक प्रतिवेदन पढेर सुनाउनुका साथै सोही कार्यक्रममा स्वयम बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो मनमा लागेका कुरा व्यक्त गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष शिला थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । सोही कार्यक्रमको अतिथिको रूपमा राष्ट्रिय शारीरिक अपाङ्ग महासङ्घका अध्यक्ष बालकृष्ण गैरे, महिलाहरूको महासङ्घ नेपालकी अध्यक्ष निर्मला धिताल, संस्थाका निवर्तमान अध्यक्ष राजु बस्नेत ,का . म . न . पा ;सामाजिक विकास विभाग प्रमुख भवानी कपाली लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने उक्त कार्यक्रममा देशका विभिन्न जिल्लाका बौद्धिक अपाङ्गताका अभिभावक सङ्घहरूबाट बौद्धिक अपाङ्गता भएका बालबालिकाहरू सहितको प्रतिनिधित्व रहेको थियो ।

Share News


Name *
Comments *