Kathmandu, 2026-04-16

अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक यातायातमा पहुँच वृद्दि बारे सरोकारवाला बिच अन्तरक्रिया ।

Admin
  • Updated 2024-05-01 05:06:51

राष्ट्रिय शारिरीक अपाङ्ग संघ नेपालको आयोजना तथा एबिलिज फाउण्डेशनको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका सार्वजनिक यातायातमा पहुँचको अवस्था बारे अन्तरक्रिया कार्यक्रम राजधानीको होटल हार्दिकमा सम्पन्न भएको छ । उपत्यका ट्राफिक प्रहरीका डिएसपी दलराम टमटा, एबिलिज फाउण्डेशनका नेपाल निर्देशक डा. विरेन्द्रराज पोखरल, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष राम कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकृत टिकादेवी आचार्य, काठमाण्डौँ महानगरपालिका सामाजिक शाखा, नेपाल यातायात व्यवसासी राष्ट्रिय महासंघ बागमती प्रदेशका अध्यक्ष, अखिल नेपाल यातायात व्यवसायी संघ, नेपाल यातायात मजदुर संघ अरनिको इकाई कमिटी,नेपाल ट्रेड युनियन काङ्ग्रेश साझा इकाई समिति लगायत अपाङ्गता क्षेत्रका विभिन्न संघसस्थाहरुका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न अन्तर्क्रियामा अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक यातायातमा पहुँचको अवस्था ज्यादै न्युन रहेको अपाङ्गता अधिकारकर्मीले बताएका थिए । कार्यक्रममा सहभागी एक अपाङ्गता अधिकारकर्मीले भने “हामीलाई स्पष्ट रुपमा आरक्षण सिटको व्यवस्था गरिएको हुन्छ त्यस्तै ५०%भाडा छुटको व्यवस्था गरिएको छ तर हामी दुबै कुरा पाउन संघर्ष गर्नुपर्नेअवस्था छ”। यातायात व्यवसायी संगठनका प्रतिनिधिहरुले भने आफुहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको अधिकारले दिएको सेवा प्रदान गर्न इच्छा हुँदाहुदै पनि विभिन्न कारणले नसकिरहेको स्विकार गरेका थिए । “राजधानी भित्र मान्छेहरुको चाप ज्यादै छ । मान्छेहरुको सार्वजनिक यातायातमा निकै भिडभाड हुन्छ । हाम्रा साधनहरु पहुँचुक्त छैनन् । सबै ठाउँमा अपाङ्गता व्यक्ति भन्ने बित्तिकै पनि ट्राफिकले रोक्न ओराल्न दिदैनन् यस कारण हाम्रा यस्ता समस्याहरु छन्”। एक यातायात व्यवसायी संघका प्रतिनिधिले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकृत टिकादेवी आचार्यले अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक यातायतमा पहुँचवृद्दि गराउन समन्वयकारी भूमिका खेल्ने बताइन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष राम कार्कीले अपाङ्गता भएका व्यक्तिहरुको यातायतमा पहुँचवृद्दि गराउन महासंघले विशेष कार्यक्रमहरु अघि बढाउने बताए । एबिलिज फाउण्डेशनका नेपाल निर्देशक डा. विरेन्द्रराज पोखरलले अपाङ्गता भएका व्यक्तिहरुको यातायतमा पहुँचवृद्दि गराउन अन्तरक्रियाले विशेष महत्व राख्ने विश्वास गर्दै सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो । उपत्यका ट्राफिक प्रहरीका डिएसपी दलराम टमटाले भने अपाङ्गता भएका व्यक्तिहरुको यातायातमा पहुँचको लागि ट्राफिक प्रहरीले सधै सहयोग गर्दै आइरहेको र अपाङ्गता भन्ने बित्तिकै गाडि नचढाउने भाडा छुट नगर्ने अवस्था भए ट्राफिक प्रहरीको टोल फ्रि नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गर्नुभयो । अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय शारिरीक अपाङ्ग संघ नेपालका निवर्तमान अध्यक्ष किरण शिल्पकारले अपाङ्गता भएका व्यक्तिहरुको सार्वजनिक यातायातमा पहुँचको अवस्था र गर्नुपर्ने कामहरु बारे प्रस्तुतीकरण गर्नुभएको थियो । १४ बैशाख २०८१ काठमाण्डौँ । नबराज सोती ।

Tags :

Share News


Name *
Comments *