Kathmandu, 2026-03-06

भकभकेपन बोलि भएका व्यक्तिहरुको लागि ५ दिने स्पिच थेरापी कार्यक्रम सुरु ।

Admin
  • Updated 2024-05-01 05:03:24

नेपाल भकभके संघको आयोजना तथा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र टोखा नगरपालिका काठमाण्डौँको सहयोगमा भकभकेपन बोलि भएका व्यक्तिहरुको लागि ५ दिने आवासिय स्पिच थेरापी कार्यक्रम सुरु बढानिलकण्डमा सुरु भएको छ ।, टोखा नगरपालिकाका सामाजिक समावेशीकरण शाखा साबित्रा कुमारी न्यौपानेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको तालिमले भकभकेपन सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरुको बोलिमा कम भकभकपन आउने र क्षमता विकास साथै आत्मविश्वास बढ्ने नेपाल भकभके संघका अध्यक्ष रविन कुमार मैनालीले बताए । स्पिच थेरापी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि साबित्रा कुमारी न्यौपानेले भनिन् “५ दिनसम्म दिने उक्त तालिमले सहभागीहरुको आत्मविश्वास बढ्नुका साथै भकभकेपनमा पनि कमि आएको यहाँहरुलाई महसुस हुने छ । त्यस्तै प्रमुख अतिथि न्यौपानले भकभकेपका साथै अन्य अपाङ्गता हुनुमा कोहि दोशी नहुने र समाजमा कसैको श्राप वा पूर्वजन्मको पाप भन्ने किसिमका पाखण्डि सोचलाई चिर्नुपर्ने आवश्यकता रहेको बताइन् । उक्त स्पिच थेरापीमा २२ जना भकभकेपन सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरु रहेको र ५ दिनसम्म आवासिय रुपमा कार्यक्रम स्थलमै राखेर थेरापि दिने नेपाल भकभके संघका महासचिव शंकर प्रसाद गौतमले जानकारी दिए । थेरापीको पहिलो दिन भकभकेपन सम्बन्धिका थेरापिष्ठ सविन शर्मा दवाडिले भकभकेपनको परिभाषा, अन्तर्राष्ट्रिय अवस्था, विश्व स्वास्थ संगठनले भकभकेपनलाई लिइरहेको दृष्टिकोण र स्पिच थेरापीले भकभकेपन व्यक्तिहरुमा पार्ने सकारात्मक प्रभाव बारे सहभागीहरुलाई बताएका थिए । स्पिच थेरापीमा सहभागी एक लैङ्गिक तथा यौनिक अल्पशंख्यक साथै भकभकेपन भएका व्यक्तिले पहिलोचोटि यस्तो थेरापिमा सहभागि भएकोमा खुसी व्यक्त गर्दै आयोजक सस्थालाई धन्यवाद दिए ।

Tags :

Share News


Name *
Comments *