१३ असार २०८१, साँगा, काभ्रे । नबराज सोती । स्पाइनल इन्जुरी संघ नेपालद्धारा सन्चालित सामुदायिक र रोजगारीमा समावेशको लागि व्यावसायिक अवसर (भोइस) को आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार बारे सचेतना अभिवृद्दि तथा वकालत सम्बन्धि तालिम सम्पन्न बनेपामा सम्पन्न भएको छ । देशभरिबाट करिब ५ महिनाको लागि विभिन्न आर्यआरुजन सम्बन्धिका तालिम लिन आएका ३० जना भन्दा अपाङ्गता भएका व्यक्तिहरुको लागि लक्षित गरेर उक्त तालिम आयोजना गरिएको हो । तालिमलाई प्रशिक्षण गर्नुहुदै अपाङ्गता अधिकारकर्मी मिना पौडेलले विभिन्न स्थानिय स्तरबाट आएका अपाङ्गता सम्बन्धिका हक अधिकार बारे खासै जानकार हुन नपाएका व्यक्तिहरुको लागि हालसम्म बनेका राष्ट्रिय ऐन कानुन नियम निर्देशिका र अन्तर्राष्ट्रिय महासन्धि बारे सचेतना अभिवृद्दि गरेको बताउनुभयो । भोइसले प्रत्येक वर्ष देशभरिबाट विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुको लागि आयआर्जन सम्बन्धिका तालिमहरु प्रदान गर्ने गर्दछ । उक्त तालिम पनि त्यस्तै यस वर्षका तालिम लिने अपाङ्गता भएका व्यक्तिहरुको लागि प्रदान गरिएको हो । तालिममा स्थानिय स्तरमा आफ्ना हक अधिकार बारे कसरी वकालत पैरवी गर्ने भनेर पनि अभिमुखीकरण गरिएको प्रशिक्षक पौडेल बताइन् । भोइसले अपाङ्गता भएका व्यक्तिहरुको लागि आयआर्जन सम्बन्धिका तालिमहरु प्रदान गर्ने गरेको सन् २०१६ देखि हो । कोरिया स्पाइनल कर्ड इन्जुरी एसोसिएसन (KSCIA) र स्पाइनल इन्जुरी संघ नेपालको संयुक्त साझेदारीमा यो कार्यक्रम अगाडि बढिरहेको छ ।