"अपाङ्गता अभिमुखरण तथा सम्मान " कार्यक्रम बुढानिलकण्ठव वडा ६ को आयोजना नेपाल अपाङ्ग महिला संघ को संयोजन मा करिब ५५ जना को सहभागीतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथी शान्ती पाण्डे ज्यु जिल्ला समन्वय समिती का उपप्रमुख, वडा ६ का अध्यक्ष रबि खड्का ज्यु, महिला बिकाश अधिकृत पुष्पा बमज्यु को महत्वपूर्ण भनाइ र प्रतिबद्धता रह्यो भने नेपाल अपाङ्ग महिला संघ का सचिब सुनिता थापाले कार्यक्रम सचालन, उपाध्यक्ष मिना पौडेल ले प्रस्तुतिकरण र सन्जाल सयोजक अम्विका कुइकेल ले स्वागत गर्नु भएको थियो । अपाङ्गता अधिकारकर्मी, शिक्षक , स्वास्थ्य स्वयंसेविका, आमा समूह, अपाङ्गता समन्वय समितीका प्रतिनिधित्व रहेको उक्त कार्यक्रम मा विभिन्न विषयमा समूह छलफल प्रस्तुति भएको थियो । मिति २०८१ जेष्ठ २३ गते