मिति: २०८१ ज्येष्ठ १४-१५ मा आयोजाना गरिएको थियो | आदिवासी जनजाति अपाङ्ग महिला संघ - नेपाल (निडवान )को प्रतिनिधि पनि यो तालिम मा सहभागी हुदै सवै स्हभागीहरुसँग सिआरपीडिको परिचय,अपाङ्गताको अवधारणागत बुझाइ र मानवअधिकारमूखी अवधारणामा आधारित विषयहरुमा ज्ञान प्राप्त गरे। तालिमको प्रशिक्षक प्रतिमा गुरुङ र कृष्ण गहतराज ज्यूले अपाङ्गताको परम्परागत तथा धार्मिक, चिकित्सकीय तथा सेवामूखी र सामाजिक तथा मानवअधिकारमूखी दृष्टिकोणबारे विस्तृत जानकारी दिएका थिए। सिआरपीडि र अपाङ्गताको परिभाषा, अपाङ्गता भएको व्यक्ति,र अपाङ्गता ‘मानवीय विविधताको एक अभिन्न अङ्ग’ को रुपमा बुझाउने नयाँ अवधारणाहरुबारे छलफल भयो। सिआरपीडिको परिचय र यसको महत्वबारे जानकारी दिइयो। सिआरपीडिका धाराहरु, सामान्य सिद्दान्तहरु, उपयुक्त अनुकूलता र पहुँचयुक्ततता, गैरविभेद र समानताको विशेषताहरुबारे छलफल गरियो। यस दिनको तालिममा सहभागीहरुले सिआरपीडिको विभिन्न पक्षहरुसँग परिचित हुने अवसर पाए। सहभागीहरुले एकअर्काका मुद्दाहरुलाई उठाउँदै, एकताको विविधता देखाउँदै, आपसमा सहयोग र समर्थन गर्दै तालिमलाई सफल बनाएका थिए।