Kathmandu, 2026-04-16

दोस्रो कृत्रिम अंग तथा सहायक उपकरण सम्बन्धी सम्मेलन सम्पन्न ।

Admin
  • Updated 2024-05-17 03:15:32

कृत्रिम अंग तथा सहायक उपकरण सेवा समाज नेपालको आयोजना तथा यु.एस.आइ.डी नेपाल र ह्यान्डिक्याप इन्टरनेशनलको सहयोगमा दोस्रो कृत्रिम अंग तथा सहायक उपकरण सम्बन्धी सम्मेलन काठमाडौँको होटेल मल्लमा सम्पन्न भएको छ । सम्मेलनमा कृत्रिम अंग तथा सहायक उपकरण सेवा समाज नेपालका अध्यक्ष शुकदेव पौडेलको अध्यक्षता तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र प्रसाद मरासिनीको प्रमुख आतिथ्यतामा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्य, इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा.प्रशन्न नापित, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका फिजियोथेरापिष्ट उपप्रमुख निष्ठा श्रेष्ठ, ह्यान्डिक्याप इन्टरनेशनलका कार्यकारी सह-राष्ट्रिय निर्देशक मदनराज जोशी, यु.एस.आइ.डी नेपालका AOR राधिका श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । सम्मेलनमा १५ जना अन्तर्राष्ट्रिय सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने नेपालका कृत्रिम अङ्ग तथा सहायक उपकरण निर्माणकर्ता, पेशाकर्मी, अपाङ्गता पुनर्स्थापनाका क्षेत्रमा कार्यरत प्रतिनिधिहरु सहित १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । सम्मेलनमा कृत्रिम अंग तथा सहायक सामाग्रीहरुले अपाङ्गता भएका व्यक्तिहरुको जीवनलाई अर्थपूर्ण र आत्मनिर्भर बनाउन महत्तवपूर्ण भूमिका खेल्ने भएकाले नेपालमै यसको उत्पादन र प्रवर्धनको लागि राज्यले काम गर्नुपर्ने आवश्यकता रहेको विषय शसक्त रुपमा उठेको थियो । सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरुले आफ्ना आफ्ना देशमा कृत्रिम अंग तथा सहायक सामाग्री उत्पादनका सवालमा भइरहेका असल अभ्यासहरु सहभागीहरु माझ अवगत समेत गराएका थिए ।

Tags :

Share News


Name *
Comments *