हाम्रो प्रयासका अध्यक्ष कृष्ण कमल श्रेष्ठको अध्यक्षता तथा एबिलिज फाउण्डेशनका नेपाल निर्देशक डा. विरेन्द्रराज पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय सदस्य कुमार पौडेल, नेत्रहिन महिला संघ नेपालका अध्यक्ष सिता सुवेदी लगायतको आतिथ्यता रहेको थियो । उक्त २ दिने अभिमुखिकरण कार्यक्रममा शारिरिक बहिरा र दृष्टिबिहन अपाङ्गता गरी ३० जना भन्दा बढिको सहभागिता रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रज्वनन् स्वास्थ अधिकार बारे जानकारी गराउने र स्वस्थ यौन जीवन बारे अपाङ्गता भएका व्यक्तिहरुलाई स्पष्ट पारेर यौन रोगबाट कोहि पनि अपाङ्गता भएका व्यक्तिहरु संक्रमण नहुन भन्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरेको आयोजक सस्थाले बताएको छ । उक्त दुई दिने कार्यक्रमको पहिलो दिन काठमाण्डौँ मोडल अस्पतालका नर्शिङ विभाव प्रमुख राधिका घिमिरेले यौन तथा प्रज्वनन् स्वास्थ अधिकार बारे प्रस्तुतीकरण राख्नुभएको थियो । त्यस्तै काठमाण्डौँ मोडल अस्पताल मार्फत सन्चालित DIC Nepal का प्रतिनिधिले पनि औषधी सेवन बारे जानकारी आवश्यक भएको खण्डमा पैसा नलाग्ने सम्पर्क नम्बर १६६००१-२१-५०० मा सम्पर्क गर्न आग्रह गर्नुभयो ।