Kathmandu, 2026-04-16

दलित अपांग संघको ३ दिने रणनीतिक योजना, नेत्तृत्व विकास तालिम तथा प्रथम अधिवेशन सम्पन्न ।

Admin
  • Updated 2024-05-14 04:43:24

दलित अपाङ्ग संघ नेपालको ३ दिने रणनीतिक योजना, नेतृत्व विकास तालिम तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । त्यसैगरी उक्त कार्यक्रममा दलित अपाङ्गता भएका व्यक्तिहरुको लागि नेतृत्व विकास तथा वकालत पैरवी र सन्चारमा पहुँचयुकत्ता वृद्दि सम्बन्धि अभिमुखीकरण पनि गरिएको हो । दलित अपाङ्गता भएका व्यक्तिहरुको संघ नेपालको आयोजना तथा अपाङ्गता अधिकार कोषको सहयोगमा सम्पन्न भएको अभिमुखिकरणमा देशभरिबाट प्रतिनिधिमुलक रुपमा २५ जना भन्दा बढिले सहभागिता जनाएका थिए । दलित अपाङ्गता भएका व्यक्तिहरुको संघ नेपाल दलित अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकारको संरक्षण एवम् प्रवर्धनका लागि विं.सं. २०८० सालमा स्थापना भएको सामाजिक सस्था हो । यसै उदेश्य प्राप्तिका लागि सस्थाले संघका नीति कार्यक्रम र योजनाहरुलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन रणनितिक कार्यक्रम आयोजना गरेको हो । अपाङ्गता भित्र पनि दलित अपाङ्गताका सवालहरु पछाडि परेका र समाजमा अपाङ्गता सँगसँगै जातिय छुवाछुत समेत भोगिरहेको भएर दुइतर्फि विभेदहरु सामाना गरिरहेको र त्यस भिवेद विरुद्द आवाज उठाउन दलित अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास सँगसँगै आफ्ना हक अधिकारबारे आवाज उठाउन दलितअपाङ्ग संघ मार्फत वकालत पैरवी गर्दै जाने र तिनै कामहरुलाई अझै कसरी प्रभावकारी र योजनाबद्द रुपमा अगाडि बढाउन सकिन्छ भन्ने देश्यले संघका पदाधिकारी देखि सदस्यहरु समेटेर छलफल गरेको दलित अपाङ्गता भएका व्यक्तिहरुको संघ नेपालका अध्यक्ष पम्फा पुर्कोटिले जानकारी दिनुभयो । अध्यक्ष पुर्कोटिका अनुसार दलित अपाङ्ग संघ देशभरिका दलित अपाङ्गता भएका व्यक्तिहरुसम्म पुगेर उनीहरुका सवालहरुलाई राज्यसँग जोड्ने काम गर्ने बताउनुभयो । उक्त ३ दिने रणनीतिक योजना, नेतृत्व विकास तालिममा राष्ट्रिय सभा सदस्य तथा दलित अपाङ्गता भएका व्यक्तिहरुको संघ नेपालका निवर्तमान अध्यक्ष पदम परियारले अपाङ्गता हुनु व्यक्तिको दोष नभइ सामाजिक भौतिक एवम् सांस्कृतक अवरोधको उपज भएकाले राज्यसँग आफ्ना हक अधिकार बारे आवाज उठाउनु पर्ने बताउनुभयो । राष्ट्रिय सभा सदस्य परियारले आफु पनि राष्ट्रिय सभाबाट अपाङ्गताका सवालमा आवाज उठाइरहेको र उठाउदै जाने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो । नेतृत्व विकास तालिम सहभागिहरुले अपाङ्गता क्षेत्र देखि अन्य निकायमा पनि दलित अपाङ्गता भएका व्यक्तिहरुको लागि केहि मात्रामा आरक्षणको लागि आवाज उठाउन दलित अपाङ्गता भएका व्यक्तिहरुको संघ नेपाललाई आग्रह गरेका थिए । त्यसैगरी दलित अपाङ्गता भएका व्यक्तिहरुको संघ नेपालको हालै सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले पम्फा पुर्कोटीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति पनि चयन गरेको हो । संघको उपाध्यक्षमा बिश्वमित्र भित्रकोटी, महासचिवमा बिरमाने बाइक, कोषाध्यक्षमा चिजामाया बिक साथै सदस्यहरुमा सुस्मा बिक, धना परीयार, मनदेबी बस्याल, किरण कुमार पासवान, मोहन बिक चयन भएका हुन् । १ जेष्ठ २०८१, नबराज सोती ।

Tags :

Share News


Name *
Comments *