Kathmandu, 2025-10-16

गोकर्णेश्वर नगरपालिका भित्रका सरकारी विद्यालयहरुका संचरना अपाङ्गतामैत्री बनाउन ध्यानाकर्षण ।

Admin
  • Updated 2024-08-20 04:58:46

१८ साउन २०८१, गोकर्णेश्वर । नबराज सोती । नोरेकको सहयोग, प्रोचेष्टा बङ्गलादेशको समन्वय र नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजनामा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा र गोकर्णेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख डण्डपाणि शर्मालाई नगरपालिका भित्रका सरकारी विद्यालयका शौचालय, कक्षाकोठा लगायतका संरचना अपाङ्गतामैत्री बनाउनका लागि नीतिगत व्यवस्था गरी विद्यालयहरुलाई पत्राचार गरिदिनु नगरपालिकामै पुगेर ध्यानाकर्षण गराएको छ । कार्यक्रममा सहभागि सरकारी विद्यालयका प्रधानाध्यापकहरुले विद्यालमा आर्थिक स्रोत नहुँदा सामान्य कुराहरुको व्यवस्थापनको लागि पनि सास्ती भोगिरहेको बताएका थिए । ध्यानाकर्षण पत्र बुझ्नुहुँदै गोकर्णेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख डण्डपाणि शर्माले मागहरु अपाङ्गता भएका विद्यार्थीहरुका आधारभूत आवश्यकता भएकाले सम्बोधनको लागि आवश्यक पहल गरिने बतानुभयो । शिक्षा शाखा प्रमुख शर्माले विद्यालयका प्रधानाध्यापकहरुले पनि स्वमुल्याङ्कन गरी विद्यालयको गुणस्तर देखि विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापहरु पनि अपाङ्गतामैत्री अवधारणहरु विकास गर्न जोड दिनुभएको थियो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले कार्यक्रममा उठेका विषहरु बारे नगरपालिकाको शिक्षा समितिमा पनि राख्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । “ध्यानाकर्षण कार्यक्रममा राखिएका मागहरु शिक्षा समितिमा उठाउनुपर्ने विषय छन् । शिक्षा समितिमा खाली सदस्य बन्नलाई मात्र नभई समावेशि शिक्षाका विश्वव्यापी विकसित अभ्यासहरुलाई छलफल गरी कसरी नगरपालिका भित्रका सरकारी विद्यालयमा लाग्नु गर्न सकिन्छ भन्नेमा समितिका सदस्यहरु लाग्नुपर्ने आवश्यकता छ । उपप्रमुख लामाले भन्नुभयो । उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका भित्रका अधिकाशं विद्यालयका प्रमुख एवम् प्रतिनिधिहरु सहित नगरपालिकाको सामाजिक विकास शाखाका उपप्रमुख भिमा थापा सहितका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अपाङ्गता परिचयपत्रलाई कसरी सेवाग्राहीमैत्री बनाउने, परिचयपत्र वितरणलाई घुम्ति शिविर सन्चालन गरेर अपाङ्गता भएका व्यक्तिहरुका घरघरमा पुगेर वितरण गर्नुपर्ने बारे पनि छलफल भएको थियो ।

Share News


Name *
Comments *
COMMENTS