Kathmandu, 2026-04-16

बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई प्रमाणपत्र तथा सम्मान कार्यक्रम सम्पन्न ।

Admin
  • Updated 2026-04-06 08:05:16

२०८२ चैत्र २३ गते काठमाडौँ संगिता काफ्ले शुभ फाउन्डेसनको आयोजना तथा राष्ट्रिय बहिरा तथा सुस्त श्रवण सङ्घ र पाकशाला को सहयोगमा बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई प्रमाणपत्र र सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बहिरा तथा सुस्त श्रवण सङ्घ का अध्यक्ष लक्ष्मी देवकोटाले तालिम पश्चात् प्रमाण पत्र प्राप्त गरिसकेपछि बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीको लागि सहज हुने बताउनु भयो । कार्यक्रममा प्रशिक्षक उमेश खड्का ले बहिरा अपाङ्गता भएका व्यक्तिहरूले होटेलको हकमा राम्रो काम गरेको सहभागीहरूलाई सुनाउनु भएको थियो । कार्यक्रममा होटेल सङ्घ नेपालका अध्यक्ष विनायक शाह ले बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई होटेल मा रोजगारी दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै शुभ फाउन्डेसन का निर्देशक नयन तारा गुरुङ कक्षपतिले श्याम सुन्दर लाल कक्षपति को सम्झना स्वरूप बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानसहित प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई ३ महिने बेकरी तालिमको व्यवस्था र बारिस्टाको १ महिने तालिम सहित ३ महिने इन्टन सम्पन्न गरेका सहभागी हरूलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

Tags :

Share News


Name *
Comments *