स्पाइनल इन्जरी सङ्घ नेपालको आयोजना, NFDN ,अपाङ्गता आवाज ,BIA , अटिजम केयर नेपाल सोसाइटी ,ADSON, CIL Kathmandu ,बाल अपाङ्ग टेवा संस्था ,NBAD लगायतका सङ्घ संस्थाको सहकार्य र KFC को सहयोगमा उपयुक्त ह्विलचियर , पहुँचयुक्त नेपाल स्वतन्त्र जीवन र समानता हाम्रो अधिकार भन्ने नारा सहित १८ औँ ह्विलचियर दिवस काठमाण्डौंको भृकुटी मण्डपमा एक कार्यक्रमका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा विभिन्न सङ्घ संस्थाको उपस्थितिमा ह्विलचियर प्रभात फेरीत गरिएको थियो । सो प्रभात फेरी भृकुटी मण्डपबाट सुरु भई भद्रकाली ,सहिद गेट , वीर अस्पताल , पुरानो बस पार्क हुँदै पुनः भृकुटी मण्डपमा आएर समापन भएको थियो भने नेपालमा अझै पनि ह्विलचियर मैत्री बाटो सबै ठाउँमा भई नसकेको र उपयुक्त ह्विलचियर पाउन पनि कठिनाइ रहेको भन्दै आगामी दिनमा सो कुरामा सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न व्यक्तित्वहरूले आफ्नो शुभकामना मन्तव्य पनि राख्नु भएको थियो । २०८२ फागुन १७ लोकलाथ दाहाल काठमाण्डौं ।