राष्ट्रिय स्वास्थ्य, शिक्षा , सूचना तथा सञ्चार केन्द्रको आयोजना , प्लान इन्टरनेशनल शिशु नेपालको प्राविधिक सहयोग र ब्लाइन यूथ एसोसिएसन नेपाल द्वारा विकास गरिएको अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार सामाग्रीमा पहुँच सुनिश्चितता गराउनका लागि अपाङ्गता मैत्री स्वास्थ्य शिक्षा सूचना तथा संन्चार सामाग्री सम्बन्धी न्यूनतम मापदण्ड विकास सम्बन्धमा आयोजित कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु काठमाण्डौमा सम्पन्न भयो । उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्य, शिक्षा , सूचना तथा सञ्चार केन्द्र, परिवार कल्याण महाशाखा,राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र , महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखा र अपाङ्गताको तर्फबाट के के हुन आवश्यक छ भन्ने विषयमा अधिवक्ता राजु बस्नेतले प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गर्नुहुने व्यक्तित्वहरूले उक्त लेखन सामाग्रीको बारेमा सल्लाह सुझाव सहित आ आफ्नो बिचार राख्नु भएको थियो । २०८२/फागुन १४ लोकनाथ दाहाल काठमाण्डौं ।