Kathmandu, 2026-04-18

अपाङ्गता भएका व्यक्ति र उनीहरूका अभिभावकहरूका लागि कानुनी प्रक्रिया सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम काठमाडौँमा सम्पन्न ।

Admin
  • Updated 2026-02-20 09:18:03

२०८२ फागुन ५ काठमाडौँ संगिता काफ्ले । अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवनपद्धति केन्द्र, काठमाडौँ को आयोजना तथा सामाजिक विकास कार्यालय भैसेपाटी, ललितपुर को सहयोगमा अपाङ्गता भएका व्यक्ति र अभिभावकहरूका लागि कानुनी प्रक्रिया सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्वावलम्बन जीवनपद्धति केन्द्र, काठमाडौँ का अध्यक्ष टेक बहादुर गुरुङ ले अपाङ्गता भएका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा धेरै जटिलता रहेको छ , त्यो जटिलतालाई तिखार्न यस तालिमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहनु भएका बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला विकास अधिकृत चन्द्रकुमारी व्यञ्जनकार ले कानुन सबै व्यक्तिहरूको लागि आवश्यक हुन्छ । आफूले कानुन सम्बन्धी यस तालिममा सिकेका कुराहरू परिवार समाजमा सिकाउनु पर्ने सल्लाह दिनुभयो । कार्यक्रममा कानुन सम्बन्धी प्रस्तुतीकरण बौद्धिक अपाङ्गताका महासङ्घ नेपालका निवर्तमान अध्यक्ष राजु बस्नेत ले गर्नुभएको थियो । तालिमको सहजीकरण स्वावलम्बन जीवनपद्धति केन्द्र, काठमाण्डौका कार्यक्रम संयोजक कृतन श्रेष्ठ दुवाल ले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका अभिभावक लगायत अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

Share News


Name *
Comments *